१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन, बोनस सेयरमा भारी कटौती

२७ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश संशोधन गरेको छ । लघुवित्त संञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कम्पनीले यस अघिलघुवित्तले चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.८४२१ प्रतिशत नगद गरी कुल ७५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि अब १५ प्रतिशत मात्र वितरण गर्ने छ  ।

नेपाल राष्ट्र बैंकको निर्देशन अुनसार लघुवित्तले हाल कायम चुक्ता पूँजी १६ करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले हुन आउने २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाइ वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ११:०६