नेप्सेमा दुई कम्पनीको सेयर कारोबार रोक्का
२६ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएकाे छ । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएकाे हाे । नेप्सेले वैशाख २७ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।
यी कम्पनीबीच एकआपसमा गाभ्ने/गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको हो । दुई कम्पनीले वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
मर्जरसम्बन्धी निर्देशका, २०७९ बमोजिम यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। गत चैत ६ दुवै कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १६:५४