१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जीवन विकास लघुवित्तको नाफा ४६.११ प्रतिशतले घट्याे, प्रतिसेयर आम्दानी कति ?

२६ वैशाख, काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले  ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे गत वर्षको साेही अवधिको तुलनामा ४६.११ प्रतिशतले कम हो। गत वर्षकाे साेही अवधिमा कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९१ प्रतिशत पुगेको छ। गत वर्षकाे यही अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात (एनपीएल) ०.८३ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ३१ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत वर्षकाे यही अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज ७ करोड ३५ लाख रुपैयाँले ऋणात्मक थियो।

यो अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा पनि ४६.११ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्षकाे यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको थियो। समिक्षा अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ९.११ प्रतिशतले बढेर १ अर्ब ६९ करोड रुपैयाँ भएको छ। गत वर्षकाे यही अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी २ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।

कम्पनीकाे चुक्तापुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।  तेस्रो त्रैमासमा कम्पनीले ८ अर्ब ७० करोड रुपैयाँ सापटी लिई २२ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५२.८५ प्रतिशतले घटेर ३७.१४ रुपैयाँ कायम भएको छ। गत वर्षकाे साेही अवधिमा कम्पनीकाे ईपीएस ७८.७७ रुपैयाँ थियो। कम्पनीकाे पीई रेसियो ४०.५३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २६१.४५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १२:३३