१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तपाईंकाे डिम्याट खातामा आयो त एक लघुवित्तको १९ प्रतिशत बोनस सेयर ?

२६ वैशाख, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको खातामा लाभांश वितरण सुरु गरेको छ । कम्पनीको २४ औं वार्षिक साधारणसभाले पारित गरेको १९ प्रतिशत बोनस सेयर सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

फागुन १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरेको र सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुलाई क्रमश जम्मा गर्ने कम्पनीले जनाएको छ ।

हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण भए पश्चात सम्बन्धित हितग्राही खातामा बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ११:१५