प्रभु लाइफ इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
२६ वैशाख, काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८का लागि लाभांश प्रस्ताव गरेको हाे ।
वैशाख २५ गते साेमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीकाे १० प्रतिशत बाेनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १०:२६