२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

शनिबार पनि ओली भेट्न सिंहदरबार पुगे प्रधानमन्त्री प्रचण्ड, के-के भयो कुराकानी ?

२३ वैशाख, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेका छन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा मानवस्तरी गर्न लागेको गिरोहमा एमालेका सचिव टोपबहादुर रायमाझी जोडिएपछि ओलीले प्रधानमन्त्रीसँग दोस्रो पटक भेट गरेका हुन ।

यसअघि हिजै दोस्रो भेटको तय भएको भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण भेट हुन सकेको थिएन । सरकारले मानवतस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका कांग्रेसका नेताहरूलाई जोगाएर एमालेका नेतालाई मात्र मुद्दा चलाउने तयारी भएपछि एमालेले त्यसको प्रतिवाद गर्ने संकेत दिइसकेको छ ।

यसअघि बिहीबारको भेटमा ओलीले विचौलिया र पक्राउ परेकाहरूले वयानका क्रममा नाम लिएकाहरू सबैलाई बराबर अनुसन्धान पक्रियामा समेटन अनुरोध गरेका थिए । शनिबार पनि ओलीले सोही कुरामा जोड दिएको बुझिएको छ ।

प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाँडसहित सांसदद्धय डा आरजु राणा देउवा र मञ्जु खाँड पनि जोडिएका छन । तर प्रहरीले विचौलिया र पक्राउ परेकाहरूले दिएको बयानको रेकर्डमा उनीहरूको नाम उच्चारण गरेको अडियो हटाएको पाइएको छ । त्यसपछि ओलीले सरकारलाई  चेतावनीयुक्त भाषामै सम्झाउने प्रयास गरिरहेका छन ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १४:३९