२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कुरा मैले पनि अखबार हेरेर थाहा पाएँः अध्यक्ष ओली

२१ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने कुरामा आश्चर्य मानेका छन । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसँग भेटेर बाहिरिने क्रममा उनले लामिछानेका कार्यकर्ताले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्दै गरेको प्रचारमा अनभिज्ञता प्रकट गरे । ओली आफैँले पनि अखबार हेरेर त्यस्तो कुरा जानकारी पाएको बताए ।

यसअघि एमालेकै केन्द्रीय सदस्य समेत रहेका प्रचारका विभागका प्रमुख विष्णु रिजालले दैनिकीसँग कुरा गर्दै केपी ओलीसँग जोडेर रविलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्दै गलत सूचना बाँडिएको बताएका थिए । उनले जसरी प्रचार भएको छ त्यो शतप्रतिशत गलत रहेको बताए । उनले दैनिकीसँग भने, ‘यो कपोलकल्पित र भ्रामक र शतप्रशित गलत छ ।यस्ता कुराहरूले पत्रकारिताको विश्वसनियता गुम्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका डोल प्रसाद अर्याल लगायतको संलग्नतामा सत्तारूढ दलहरूसँग बार्गेनिङ पावर बढाउनका लागि बुधबार बिहानैदेखि रविलाई प्रधानमन्त्री प्रस्ताव गरिएको भ्रम बाँडिएको थियो ।

प्रकाशित मिति : May 4, 2023 at 9:57 pm