१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भनेः बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय

२१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर बाहिरिने क्रममा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय रहस्यपूर्ण भएको टिप्पणी गरेका हुन्।

‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं । चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने बताएका उनले दोषि भए कारबाही हुनुपर्ने बताए । आफूले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको उनको भनाई छ । पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताएका ओलीले, रायमाझी काठमाडौं आउँदै गरेको समेत बताए ।

प्रकाशित मिति : May 4, 2023 at 3:33 pm