१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

कतिमा भयो बिपिडब्लु लघुवित्तको पहिलो कारोबार ?

२१ वैशाख, काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र बिपिडब्लु लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको दुई कारोबार दिनपछि मात्र कारोबार भएको हो। कम्पनीकाे आज स्पेसल प्रि–सेसनमा प्रतिकित्ता २३३ रुपैयाँ १० पैसामा पहिलाे कारोबार भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि लघुवित्तलाई न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोहि आधारमा यस दिन लघुवित्तको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : May 4, 2023 at 11:16 am