२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको कुरा शतप्रतिशत गलतः एमाले

२० वैशाख, काठमाडाैँ । नेकापा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका चितवन २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको भनेर गरिएको प्रचार गलत भएको बताएको छ । रवि लामिमछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्दै केही सञ्चारमाध्यममा समाचार जस्तै देखिने सामग्रीहरू प्रकाशित भएपछि एमालेले त्यसको खण्डन गरेको हो ।

एमालेका केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय प्रचार विभागका प्रमुख विष्णु रिजालले दैनिकीसँग कुरा गर्दै एमाले र केपी ओलीसँग जोडेर रविलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको भन्दै गलत सूचना बाँडिएको बताए । उनले जसरी प्रचार भएको छ त्यो शतप्रतिशत गलत रहेको बताए । उनले दैनिकीसँग भने, ‘यो कपोलकल्पित र भ्रामक र शतप्रशित गलत छ ।यस्ता कुराहरूले पत्रकारिताको विश्वसनियता गुम्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका डोल प्रसाद अर्याल लगायतको संलग्नतामा सत्तारूढ दलहरूसँग बार्गेनिङ पावर बढाउनका लागि बुधबार बिहानैदेखि रविलाई प्रधानमन्त्री प्रस्ताव गरिएको भ्रम बाँडिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १६:३३