२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

राष्ट्र उत्थान लघुवित्तले घोषणा गर्याे लाभांश, काराेबार भने रोक्का

१९ वैशाख, काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १३ गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने कम्पनीले जनाएको छ।

साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ढिला गरी कारोबार समयमा लाभांश प्रस्तावसम्बन्धी निर्णयबारेको सूचना नेप्सेमा पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको छ। लाभांश सम्बन्धि निर्णय सोहि दिन वा अर्को दिन कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेमा जानकारी गराउनु पर्ने व्यवस्था छ ।  तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र यस विषयमा स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

प्रकाशित मिति : May 2, 2023 at 12:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/