अोली सरकारको प्रशंशा गर्दै प्रचण्डले भने, वामदेव गौतम लड्न चाहनु भएन अब लफडामा लागिन्न
२६ असोज, काठमाडाैँ । केही सातादेखि सरकारका पनि कमजोरी रहेको भन्दै अाफैँ पुच्छर उचालेर अालोचना गरिरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रकबार अोली सरकारको प्रशंशा गरेका छन । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।
निकै उत्साहित मुद्रामा प्रस्तुत भएका प्रचण्ड भारतसँग सम्बन्ध सुधार भएको भन्दै निकै प्रफुलित देखिएका थिए । उनले अोलीको प्रधानमन्त्रीको भ्रमणपछि अर्को छिमेकी चीनसँग ट्रेड एण्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चार वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको बताए ।
पार्टी नेता वामदेव गाैतमको उपनिर्वाचनको रहरको प्रसंग काेट्याउदै उनले अबा पार्टी उपचुनावको लफडामा नलाग्ने बताए । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् । उनले विकास निर्माण छाडेर यो लफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’
प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १३:३१