स्थानीय तहमा नेकपाको पार्टी एकीकरण गर्ने सिन्धुली पहिलो जिल्ला (जिम्मेवारीको सूचीसहित)
२६ असोज, काठमाडाैँ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रको एकीकरण भएर बनेको नेकपाको तल्लातहको एकीकरण पनि निष्कर्षमा पुग्न थालेको छ । केन्द्रमा नेताहरूको व्यवस्थापनकै विषयमा कुरा नमिलिरहेको अवस्थामा सिन्धुलीले स्थानीय तहको एकीकरण सम्पन्न गरेको छ ।
७७ जिल्ला मध्ये नेकपाको स्थानीय तहको एकीकरण सहमतिमा टुंग्याउनेमा सिन्धुली पहिलो जिल्ला बनेको छ । केन्द्रबाट एकीकरणको मापदण्ड र मोडालिटी आउन ढिला भएपछि सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका हुन् । ३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण गरिएको छ ।
जिल्लाका ९ स्थानीय तहमध्ये दुबै नगरपालिका सहित ५ स्थानीय तहमा तत्कालीन एमालेले अध्यक्ष पाएको छ । तत्कालीन माओवादीले चार गाउँपालिकामा अध्यक्ष पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव पाएको छ भने पूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालेले सचिव पाएको छ ।
कसले जिम्मेवारी के ?
प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १३:२१