२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाकाे संकेत, संसदीयदलको बैठकले निर्णय गर्ने

१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । दोस्रो पटक सांसद पदको शपथ लिएपछि संसद सचिवालयमा पत्रकारसँग कुरा गर्दै उनले यो सरकारका गतिविधिलाई हेर्दा सर्मथर्न गर्न सकिने स्थिति नरहेको टिप्पणी गरेका हुन् ।

अब पार्टी केन्द्रिय कमिटि बैठक र संसदीयदलको बैठक राखेर यसबारे ठोस निर्णय गर्ने उनको भनाई छ । उनले भने ‘अहिले सरकारमा जाने वातावरण छैन। समर्थन बारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीयदलको बैठकबाट निर्णय लिन्छौँ’ । ’

उपनिर्वाचनका क्रममा हेलिकोप्टर नै प्रयोग गरेर जनतालाई बाडिएका आश्वासन लगायतका विषयले पनि सरकारलाई सर्मथन गर्न सकिने अवस्था नरहेको उनको भनाई छ । उनले भने ‘आम नागरिकसँग भोट मागिरहँदा महत्वपूर्ण विषयका रुपमा भ्रष्टाचार नियन्त्रणको मुद्दा उठाएका थियौं तर सरकारको गतिविधि त्यसको विरुद्धमा भएको छ। ’

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १३:०४