सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?
१३ वैशाख, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ। वैशाख ११ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठककाे निर्णयअनुसार कम्पनीकाे १५ औँ वार्षिक साधारणसभा जेठ ४ गते विराटनगरको होटेल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव सभाले पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको वार्षिक साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : April 26, 2023 at 12:21 pm









