२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

माधव नेपाल छाडेर फर्किएका मुकुन्द न्यौपानेलाई केपी ओलीको मुस्कानसहितको माला

९ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयका सदस्यले बालुवाटार छिर्न नदिएको भन्दै चर्को गुनासो पोख्दै कलान्तरमा माधवकुमार नेपालको पछि लागेर नेकपा एकीकृत समाजवादीमा पुगेका पुराना नेता मुकुन्द न्याैपाने शनिबार पार्टीको स्थापना दिवसको अवसर पारेर एमालेमै फर्किएका छन ।

प्रधानमन्त्री हुँदा बालुवाटार प्रवेशमा रोक लगाएको आरोप खेपेका ओलीले नै शनिबार न्यौपानेलाई माला लगाएर स्वागत गरे । बालुवाटरमा निषेधित हुनुअघि न्यौपाने र ओली पार्टी भित्रको एकै लाइनमा सघर्ष गर्दै अघि बढेका नेता हुन ।

सो अवसरमा ओलीले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह  गरे । अध्यक्ष ओलीले देशको विकासका लागि कस्तो नीति अख्तियार गर्नुपर्दछ भन्ने कुरा एमालेले देखाएकाले एमाले यस देशको नायक पार्टी भएको उल्लेख गरे । उहाँले नेपालको कम्युनिष्टलाई दुईतिहाइ पु¥याएको तर त्यो विभिन्न प्रतिक्रियावादीले ध्वस्त पारेको बताए ।

प्रकाशित मिति : April 22, 2023 at 10:50 pm