२० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
७ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्न लागेकाे हाे । केन्द्रीय बैंकले भोलि वैशाख ८ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज वैशाख ७ गते बोलकबोलमार्फत बिक्री गरिनेछ।
इच्छुकले वैशाख ७ गते बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् ।
यो विकास ऋणपत्र ४ वर्षे अवधिको हुनेछ । ऋणपत्र २०८४ वैशाख ८ गते परिपक्व हुनेछ। केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १४:१४












