केही काम गर्न पाइन भने नाचेरमात्रै बस्छुः वामदेव गाैतम
२५ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गाैतमले अाफूले सक्रिय राजनीति नत्याग्ने बताएका छन । बीबीसी नेपाल सेवासँग कुरा गर्दै नेता गाैतमले अाफू ७० वर्षको कुरा गरेर चुप नबस्ने बताए । उनले पार्टीले जिम्मेवारी नदिए बरू नाचेर बस्ने बताए । उनले अाफू संवैधानिक सेरोमोनियल पदमा नबस्ने भन्दै बरू नाचेर बस्ने बताएका हुन ।
पार्टी एकताको अन्तिम कसरतको रूपमा शीर्ष नेताहरूको व्यवस्थापन महत्वपूर्ण भएको भन्दै अहिले त्यही काम हुन लागेको बताए । गाैतम काठमाडाैँ ७ का रामवीर मानन्धरलार्इ राजिनामा गराएर संसदमा जान लागेको भन्दै उनको तीब्र अालोचना भएको छ ।
यद्यपी उनले अधिकारसम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व आफूले गर्ने उद्देश्यले उपनिर्वाचनबाट प्रतिनिधि सभामा जान चाहेको दाबी गरेका छन् । नेता गाैतमले पार्टी एकिकरणमा प्रमुख भूमिका निर्वाह गरेका नेताहरूमध्ये आफू र नारायणकाजी श्रेष्ठ मात्र संसदमा नरहँदा अन्य सभासदहरू उर्जाशील हुन नसकेको दबी गरेका छन ।
प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार ११:२३