६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

अब रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कास गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने

६ वैशाख, काठमाडाैं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाएकाे छ । विद्युत नियमन आयोगबाट कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासका लागि साधारणसभा पेस गर्न प्रारम्भिक सहमति पाएकाे हो। अब कम्पनीले आफ्नो साधारणसभामा हकप्रदको निष्काशन प्रक्रिया अगाडि बढाउने छ।

गत माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १६:५८