यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
५ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अकंले घटेर १९०४.९८ बिन्दुमा बन्द भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ८६ करोड ७६ लाख रुपैयाँमा सीमित भएकाे छ । आज प्रभु बैंकको प्रोमोटर सेयरको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ३ करोड ९८ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३३ लाख, एनआइसी एशिया बैंकको २ करोड ६५ लाख र हिमालयन डिष्टिलरीको २ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:१०












