प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से
५ वैशाख, काठमाडाैं । साताकाे तेसाे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २३.६३ अंकले घटेर १९३१.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०९ अंकले घटेर १९०५.९६ विन्दुमा पुगेकाे छ ।
मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको ४ लाख ७० हजार ५८ रुपैयाँबराबरको २७३ कित्ता सेयर किनबेच भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।
प्रकाशित मिति : April 18, 2023 at 10:57 am









