नेकपाको ९ सदस्यीय सचिवालयमा ६ जना उपचुनावको विपक्षमाः बैठक शनिबारलार्इ सर्यो
२४ असोज, काठमाडाैँ । नेपाल कम्यनुनिष्ट पार्टी (नेकपा)को ९ सदस्यीय सचिवालयमा ५ जना सदस्य निर्वाचित सांसदलार्इ राजिनामा गराएर उपचुनाव गराउने विषयको विपक्षमा देखिएपछि अाजका लागि बोलाइएको सचिवालय बैठक सारिएको छ । नेताहरूको व्यस्ततालार्इ कारण देखाएर बैठक सारिएको भनिए पनि सचिवालयमा रहेका मध्ये स्पष्ट रूपमा ५ जना र एक जना शान्त रूपमा विपक्षमा देखिएका छन ।
बैठक आगामी शनिबार २७ गते बिहानका लागि सारिएकाे छ । बर्दियाबाट जनताले पराजित गरेका सचिवालय सदस्य बामदेव गाैतमलार्इ काठमाडाैँ ७ बाट उपनिर्वाचन मार्फत संसदमा प्रवेश गराउने तयारी भएकोमा अध्यक्ष पुष्पकमल दाहाल, स्वयं वामदेव गाैतम र महासचिव विष्णु पाैडेल मात्र पक्षमा देखिएका छन । बाँकी सबै सचिवालय सदस्य विपक्षामा देखिएका छन ।
सचिवालयमा रहेका मध्ये उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरेलले सार्वजनिक रूपमै दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न नयाँ स्तरमा एकतावद्ध हुन अपिलगरेका छन । निर्वाचित सांसदलार्इ राजिनामा गराएर गाैतमलार्इ संसदमा ल्याउने कुरामा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अोली, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा विरूद्धमा रहेका छन । उनीहरूले अहिले बामदेव गाैतमलार्इ बिधि र प्रक्रियाको ठाडो उलंघन गरेर संसद प्रवेश गराउनुपर्ने अावश्यकता नरहेको बताएकाछन ।
यो पनि पढ्नुहोस
–निहित स्वार्थ र अावेगले काम नगर्न पार्टी नेतृत्वलार्इ भीम रावलको चेतावनी
प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १२:३१