३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

निहित स्वार्थ र अावेगले काम नगर्न पार्टी नेतृत्वलार्इ भीम रावलको चेतावनी

२४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले निहित स्वार्थ र अावेगले काम नगर्न पार्टी नेतृत्वलार्इ चेतावनी दिएका छन । बुधबार बिहान दैनिकीसँग कुरा गर्दै नेता रावलले पार्टी एकताको विषय टुंगोमा पुर्याउन छाडेर अनेकन खालका गतिबिधि भैरहेको भन्दै अापत्ति जनाए ।

पार्टीका तल्ला कमिटीहरूको एकता टुंगोमा पुर्याउनु पर्ने अहिलेको अवस्थामा फेरी निर्वाचनको कुरा गरेर एकताको विषयलार्इ विषयान्तर गर्न नमिल्ने र नसकिने बताए । उनले तत्कालै स्थायी कमिटीको बैठक बोलाएर विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल अत्यावश्यक भएको बताए । नेता रावलले राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफल बिना निहित स्वार्थ र अावेगले निष्कर्ष निकाल्ने काम कतै हुन नहुने भन्दै नेतृत्वलार्इ सचेत समेत गराएका छन ।

स्थायी समिति बैठकको एजेण्डा तय गर्न बोलाइएको सचिवालय बैठक सारिएको छ र दशैँ भनेर बैठक नहुने हो कि भन्ने दैनिकीको जिज्ञासामा नेता रावलले राजनीति गर्ने मान्छेले दशैँ तिहार भनेर नहुने भन्दै जसरी भए पनि स्थायी कमिटीको बैठक बोलाएर राष्ट्रिय जीवनमा महत्वपूर्ण अर्थ राख्ने विषयहरूमा पार्टीभित्र छलफल र बहस गर्नुपर्ने बताए ।

प्रकाशित मिति : 11:56