८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेपाल एसबिआई बैंकको कर्पोरेट कार्यालय सञ्चालनमा

४ वैशाख, काठमाडाैँ । नेपाल एसबिआई बैंकले कमलादी स्थित बैंकको कर्पोरेट कार्यालय उद्घाटन गरेको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपाल लागि भारतिय राजदुत नवीन श्रीवास्तबले संयुक्त रूपमा बैंकको उद्घाटन थरे ।

उक्त समारोहमा भारतीय स्टेट बैंकका प्रमूख कार्यकारी अधिकृत चल्ला निवासुलु शेट्टी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक गोपाल पसाद भट्ट, बैंकका बैकल्पिक संचालक शान्त गौतम, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन, प्रमूख संचालन अधिकृत श्रीयादवेंद कांत लगायत उपस्थित रहेका थिए ।

यस अघि आजै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र दश डस्टबीन प्रदान गरेको छ । उक्त कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले उक्त सरसफाई सामाग्रीहरु प्रदान गरेका थिए ।

प्रकाशित मिति : April 17, 2023 at 12:06 am