९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड

३ वैशाख, काठमाडाैं । एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड भएकाे छ । एनएमबी बैंकले बिक्री गरेको १०.७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/२०९०’ नामको ऋणपत्र बिक्री गरेको थियो ।

छोटो अवधिभित्रै बिक्री भएको उक्त ऋणपत्र कम्पनीले गत चैत ३० गते बाँडफाँड गरेको हो । प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू। २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिसकिएको थियो । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँड गरिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ११:४६