१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

राजपासँगको बैठकमा प्रधानमन्त्री अोलीले कसैले पनि टेरेनन् भनेका हैनन्ः उपनेता नेम्वाङ

२३ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोली र राजापाका नेताहरूबीचको बैठकमा अोलीले बोल्दै नबोलेको विषय बाहिर अाएको भन्दै नेकपाका उपनेता सुवास नेम्ङले असन्तुष्टि जनाएका छन । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका राजपाका नेताहरूसँग अोलीले बोल्दै नबोलेको कुरा बाहिर अाएको भन्दै उनले असन्तुष्टि जनाएका हुन ।

भेटमा सुरूदेखि अन्त्यसम्म सँगै रहेका उपनेता नेम्वाङले दैनिकीसँग कुरागर्दै राजपाका नेताहरूले ज्ञापनपत्रमा उल्लेख गरेको विषय भन्दा बाहिर गएर कुराकानी समेत नभएको बताए ।  राजपाका नेताहरूले ज्ञापनपत्र दिँदै राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए त्यसपछि प्रधानमन्त्रीले उहाँहरूलार्इ अान्दोलनमा नजानुस भनेर अाग्रह गर्नुभयो ।

नेम्वाङका अनुसार प्रधानमन्त्री अोलीले यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत भएको भन्दै समर्थन फिर्ता लिने कुरै नगरौं भनेको जानकारी दिए । उपनेता नेम्वाङका अनुसार अोलीले राजपाको मागमा सरकार सकारात्मक रहेको भन्दै विस्तार पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । भेटमा अध्यक्ष महन्थ ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी भएका थिए। राजपाले कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाइलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलार्इ अाग्रह गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १८:१५