६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्सेमा पाँच कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

३० चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा २०७९ चैतकाे अन्तिम साता विभिन्न पाँच कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, पोखरा फाइनान्स, ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट एड फाइनान्स कम्पनीको बाेनस सेयर सूचिकृत भएकाे हाे ।

१) यूनियन लाइफ इन्स्योरेन्स

नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ८.९७ प्रतिशत बोनस बापतको १९ लाख २८ हजार ५५० कित्ता सेयर सूचिकृत भएको हो ।

२) महालक्ष्मी विकास बैंक

नेप्सेमा महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस बापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर सूचिकृत भएको हो ।

३) पोखरा फाइनान्स

नेप्सेमा पोखरा फाइनान्स कम्पनीको ४ प्रतिशत बोनस बापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर सूचिकृत भएको हो ।

४) ङादी ग्रुप पावर

नेप्सेमा ङादी ग्रुप पावर कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ८ लाख ३९ हजार ४८२.२५ कित्ता सेयर सूचिकृत भएको हो ।

५) श्री इन्भेष्टमेन्ट एड फाइनान्स

नेप्सेमा श्री इन्भेष्टमेन्ट एड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ८२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १६:३०