नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
३० चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज यूनियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको हाे ।
१) यूनियन लाइफ इन्स्योरेन्स
नेप्सेमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ८.९७ प्रतिशत बोनस बापतको १९ लाख २८ हजार ५५० कित्ता सेयर सूचिकृत भएको हो ।
२) महालक्ष्मी विकास बैंक
नेप्सेमा महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस बापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर सूचिकृत भएको हो ।
३) पोखरा फाइनान्स
नेप्सेमा पोखरा फाइनान्स कम्पनीको ४ प्रतिशत बोनस बापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १३:५८












