१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

राष्ट्र बैंकका गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

२८ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चैत २८ गते मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आज दिउँसो १ः३० बजे काठमाडाैंकाे होटेल र्‍याडिसनमा पत्रकार सम्मेलन आयोजना हुन लागेकाे हाे ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सम्बन्धमा जानकारी दिने पत्रकार सम्मेलन आयोजना गरिएको बताइएकाे छ । पछिल्लो समय बैंकिङ क्षेत्र, पुँजीबजारलगायत समग्र अर्थतन्त्र सुधारका विषयमा सकारोबारवाला निकायहरुले विभिन्न आवाज उठाउँदै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा प्रकाशशरण महतले पनि विभिन्न कार्यक्रमहरुमा अर्थतन्त्र सुधारका लागि उचित पहल गर्ने आश्वासन दिँदै आएका छन्। अहिकाे यस्ताे समयमा राष्ट्र बैंकले आयोजना गर्न लागेकाे पत्रकार सम्मेलनलाइ निकै महत्वका साथ हेरिएकाे छ ।

प्रकाशित मिति : April 11, 2023 at 12:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/