२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू, रमेश बडालसहित ओली बालुवाटारमा

२८ चैत, काठमाडाैँ । सभामुखको निवासमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । संसदले व्यापार नपाएपछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षका दलका नेताहरूसँग सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन । यसअघि पनि केही दिनअघि सभामुखकै पहलमा तीन दलका तीन नेताको बीचमा छलफल भएको थियो ।

संसदको व्यापार सिर्जना लगायतकाे काम लागि सभामुखकै पहलमा तीन दलका शीर्ष नेताको यो दोस्रो बैठक हो । बैठक बालुवाटारस्थित सभामुख निवासमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरु सहभागी छन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी रहेका छन । बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी रहेका छन भने महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका छन ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १०:५२