१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

बामदेव गाैतम काठमाडाैँ ७ बाट चुनाव लड्ने निश्चित, रामवीरको राजिनामा प्रचण्डको खल्तीमा

२२ असोज, काठमाडाैँ । जनताले अस्वीकार गरेका बामदेव गाैतमको जसरी पनि संसदमा अाउने प्रयास सफलता उन्मुख देखिएको छ । उनका निम्ति काठमाडाैँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले ठाउँ खाली गरिदिने भएका छन । बर्दिया, रूकुम, डोल्पा र बाँके, बाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने अन्तिम तयारीमा जुटेका छन ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डले वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको बुझिएको छ। प्रचण्डले रामवीर राजिनामा समेत अाफ्नै खल्तीमा बोकेका छन । रामवीरलार्इ राष्ट्रिय सभामा मनोनित गर्ने आश्वासन दिएर नेताहरुले मनाएका हुन । बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका मानन्धर २०७० र २०७४ को चुनावमा दुर्इ पटक सोही क्षेत्रबाट निर्वाचित भएका हुन ।

यो पनि पढ्नुहोस्

–बामदेव गाैतमलार्इ सांसद बन्न ठाउँ खाली गरिदिनेलार्इ तीन करोड !

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार २३:३७