१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा पनि कमजोरः कोइराला

२२ असोज, चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताउनुभयो । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उहाँले संसदीय दल कमजोर बनेको बताउनुभयो । अर्काे एक प्रसङ्गमा उहाँले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताउनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १६:५२