१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

नेकपाको बैठककै बीचमा अख्तियार प्रमुख घिमिरेलार्इ किन भेटे अोलीले ?

२२ असोज, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान छलफल भएको छ । नेकपाको सचिवालय बैठक चलिरहेका बेला अख्तियार प्रमुख घिमिरे सोमबार बिहान बालुवाटार पुगेका थिए।

अख्तियार प्रमुख आएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक रोकेर घिमिरेसँग भेट गरेका थिए। भेटमा घिमिरेले अख्तियारको अनुचित कार्य फर्काउन पहल गरिदिन आग्रह गरेका थिए। यद्यपी ठूला माछा भनिएका भ्रष्टाचारी माथि अनुसन्धान अघि बढाउने अनुमति मागेका थिए । प्रधानमन्त्री ओलीले अनुचित कार्य फर्काउने प्रस्तावमा दलहरुबीच छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको बुझिएको छ । अख्तियार प्रमुखमा नियुक्त भएपछि घिमिरले पहिलो पटक अोलीलार्इ बालुवाटारमा भेटेका हुन ।

प्रकाशित मिति : October 8, 2018 at 12:12 pm