२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सिटिजन्स बैंकको कियोस्क तथा एटिएम सेवा चार प्रदेशमा विस्तार


१९ चैत, काठमडाैँ । सिटिजन्स बैंक लिमिटेडले एकै साथ आफ्नो कियोस्क तथा एटिएम सेवा ४ प्रदेशमा विस्तार भएको छ । बैंकले शनिबार एकै दिन उपत्यकाको कलंकी, नयाँ बजार शाखा तथा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको विरगन्ज, तथा लुम्बिनी प्रदेशको हस्पिटल लाइइन शाखामा गरी पाँच शाखामा विस्तार गरिएको हो ।

ग्राहकको प्रगतिको सहयात्री भन्ने मूल मन्त्रका साथ विगत १६ वर्षदेखि उत्तरदायी बैकिङ्गको अभ्यास गर्दे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट कियोस्क सेवाको सुरुवात गरेको थियो ।

बैंकले शनिबार एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यो सेवा काठमाडौं उपत्यकाको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरि एकसाथ उद्घाटन गरेका हुन् । यसका साथै बैंकले कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरि एकसाथ ५ शाखामा एटिएम सेवा समेत विस्तार गरेको छ ।

निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको प्रमुख कार्यकारी अधिकृतले पोखरेलले बताए । कियोस्क सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिने छ । नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै ग्राहकहरुलाई अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोस्क सेवाको विस्तार गरिएको बैंकले जनाएका छ ।

यस्ता प्रकारका सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभ लिन सक्ने बैंकको विश्वास छ । यसका साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ । सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत सार्वजनिक गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३८ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ०८:३१