१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

पत्रकारितामा राजनीति र व्यक्ति केन्द्रित विषय हावी हुनु हुँदैन


-प्रा. चिरञ्जीवी खनाल

नेपाली पत्रकारिताको वर्तमान र भविष्यका बारेमा समीक्षा गर्नुअघि विगतको पत्रकारिताका अभ्यास र प्रवृत्तिहरुबारे पनि सिंहावलोकन गर्नुपर्ने हुन्छ । एकदमै सजिलो तरिकाले भन्नुपर्दा हामी सबैले पत्रकारिता पढेरै आएका छौँ । हामीलाई त्यो थाहा छ । यस कार्यक्रमममा अहिले पत्रकारिता पढ्दै गरेका र पढाउँदै गरेका साथीहरु पनि देखिरहेको छु । यहाँ मेरा पुराना मित्र डा नुतनधर शर्माले केही पत्रकारिताका स्मरणहरु गराउनुभयो ।

यस कार्यक्रमका वक्ता र प्रश्न सोध्ने साथीहरुका समेत कुरा सुन्दा यहाँ केही बहशका विषयहरु उठेका छन् । हामीले देश—विदेशबाट धेरै कुरा सिकेर आएका छौं । यस क्रममा लडेर, भिडेर र दुःख गरेर आएका छौँ । वास्तवमा विगतको पत्रकारिता पनि आजको पत्रकारिता जस्तै हो तर फरक के छ भने मिडियम फरक छ । त्यतिबेलाको मिडियम कम्पोज गरेर, हातले अक्षर टिपोट गरेर गरिन्थ्यो भने ब्लग बनाउँदा अर्को किसिमको टेक्नोलोजी थियो । अहिलेको पुस्ताले सुन्दा ती कुराहरु एउटा कथा हुन्छ । त्यो मिडियमको कुरा गर्यौ भने अर्को छुट्टै बहश चलाउनुपर्छ । तर कन्टेन्ट हेर्यौ भने हिजो पनि हामी कन्टेन्टमा के भन्थौं भने एक्युरिसी चाहिन्छ, ब्यालेन्स चाहिन्छ, के्रडिबिलिटी चाहिन्छ ।

त्यतिबेला अलि बढी राजनितिक कुराहरु आउँथ्यो । हाम्रो मात्र होइन संसारमै त्यही आउँथ्यो । अझ अगाडि हेर्यो भने जर्नलिज्म भनेको ठूलाबडाको इन्फर्मेशन मात्रै फलो गराउने हो भनिन्थो । जब सन् १८३३ मा बेन्जामिन हन्री डेले अमेरिकामा पेनी प्रेसको सुरुवात गर्दिनुभयो । उहाँले पत्रकारितामा कृषकहरुको, गरिबहरुका र उद्योगका काम गर्नेहरुको पनि बारेमा कथा छाप्न सकिन्छ भनेर एक प्रकारले क्रान्ति गर्दिनुभयो । त्यो क्रान्तिपछि पनि समाचार ठूला बडाको मात्र होइन अब तल्लो वर्गको पनि हुन्छ भन्ने भएपछि त्यो अर्को वर्गको कन्टेन्ट हुने पत्रकारिता नै आजको पत्रकारिता हो ।

आज पनि हामी लोकतन्त्र भन्छौं । लोकतन्त्रमा समावेशीता हुनुपर्छ, रुल अफ ल हुनुपर्छ । अथवा सुशासन हुनुपर्छ र मानव अधिकार हुनुपर्छ भनेर जुन कारण हामी भनिरहेको छौं । वास्तवमा त्यो आजको पत्रकारिता हो । यो आजको पत्रकारिताको आधार वास्तवमा हिजोकै हो । मिडियम हिजो फरक थियो, आज फरक छ । र अबको पत्रकारिताको मिडियम विस्तारै फरक हुँदैछ भनेर भनिसकियो । अहिले कम्युनिकेशन इज मोर डाइभर्स देन इभर भनिन्छ । अहिलेको कम्युनिकेशनको मोडहरु विभिन्न किसिमले अगाडि बढिरहेको छ । र हामी एक किसिमले हेर्ने हो भने ट्रान्जिसनल चरणमा छौं जस्तो लाग्छ । पहिलाको सिस्टम टेलिभिजन कस्तो थियो भन्दा भिएचएस भन्ने थियो, त्यसपछि तुरुन्तै चेन्ज भएर युम्याटिक सिस्टम आयो । फेरी बेटाक्याम सिस्टम आयो । त्यसपछि फेरि अहिले डिजिटल सिस्टम आयो । त्यसको पनि हामीले सिक्दै जानुपर्छ । त्यसकारण हामी जर्नलिष्टले सिक्ने र सिकाउने क्रम निरन्तर राख्नुपर्छ । नत्र हामी फेज आउट हुन्छौं । हामीले हेर्दा सन् १९९० को सुरुको दशकदेखि इन्टरनेटको प्रयोग आएदेखि धेरै परिवर्तन आएको छ । आजको पत्रकारितामा धेरै परीवर्तन आएको छ । त्यसपछिको त्यो डिजिटल प्रविधि जुन एड्भान्सको रुपमा आयो । यसले अब हामीलाई कता कता पत्रकारितामा विशिष्टता दिएको छ । तर हाम्रो जिम्मेवारी पनि बढेको छ ।

एउटा पियु (पिइडब्लु) रिसर्च सेन्टर भन्ने छ अमेरिकामा । त्यहाँका ८६ प्रतिशत युवाहरु कुनै न कुनै रुपमा न्युज, अनलाइनमा मात्र छन् । उनीहरु अरु मिडियामा छैनन् भनेर देखाएको छ । त्यसकारण अब रेडियो, टेलिभिजन जुन छ त्यो डेटा हेर्दा तिनीहरु फरक रुपमा आइरहेको छ भनेको हुँदा अबको जर्नलिज्ममा यस्तो खालको च्यालेन्ज देखिएको छ । अर्को अमेरिककाकै ट्रेड डेस्क सर्वे भन्नेले १८ देखि ३४ वर्षको मान्छेहरुले ७४ प्रतिशत केबलको टावरहरु हटाइसकेको देखाएको छ । यो तरिकाले गयो भने अब हाम्रो यो मोबाइल, भिडियो र मार्केटिङमा अर्को किसिमले कम्युनिकेशनको च्यानलहरु अगाडि बढिरहेको छ । यो खालको मिडियाहरुलाई हेरेर हामीले पनि जर्नलिज्मलाई पनि अलिकति परिवर्तन गराउनुपर्छ । त्यो मिडियम फ्रेन्डली कसरी लाने भन्दा मार्शल म्याकुयल भन्ने सञ्चारका एकजना विज्ञले भनेका छन् —मिडिया इज द म्यासेज फरइभर । त्यो कुरा अहिले पनि रहिरहेको छ । भोलि पनि रहिरहन्छ । तपाईँ मिडियाबाट कसरी म्यासेज प्रवाह गर्नुहुन्छ त्यसको आधारमा मिडिया रहन्छ भन्नु भएको छ उहाँले । त्यसकारण हामीले मिडियामा जति चेन्ज भइरहेको छ । त्यसमा हतारिनु हुँदैन । मिडियम नयाँ नयाँ परिवर्तन भएर आउँछन् । त्यो परिवर्तित मिडियमबाट हामीले हाम्रो लक्षित सन्देश कसरी पु¥याउने भनेर तयार भएर गयौं भने हाम्रो पत्रकारिता सबल, सक्षम र उपयोगी हुनेछ ।

हिजोको पत्रकारिताभन्दा आजको पत्रकारितामा जे विकृति आएका छन् । त्यसको लागि त पत्रकार महासंघ अथवा प्रेस काउन्सिलजस्ता फोरमहरुले मूल्याङ्कन गर्नुपर्छ । नेपालमा पत्रकार महासंघले पनि र पत्रकारहरुले पनि कसरी आफ्नो इथिक्सलाई मेन्टेन गरेर अगाडि बढ्ने काम गरेको छ ? त्यो अध्ययन गर्नुपर्छ । महासंघलाई आफ्ना सदस्यले सँधै खबरदारी गरिरहन्छ । खबरदारीलाई कसैले फरक तरिकाले हेर्ने गरेको पनि हुन सक्छन् । यहाँ कुराहरु पनि उठे । नउठे पनि नेतृत्व यस्ता विषयमा चिन्तित हुनुपर्ने हुन्छ ।

अहिले मिडियमहरु जुन परिवर्तित रुपमा अगाडि बढिराखेका छन् । त्यो अनुसार पत्रकारहरुलाई खबरदारी गर्नका लागि सक्षम बनाउन सकिरहेको छैनौं । त्यो हामीले यस्ता फोरमले पनि र अरु फोरमले स्वीकार गर्नुपर्छ । त्यसकारण हाम्रो निरन्तर काम पत्रकारहरुलाई निरन्तर अपडेट गर्ने, पत्रकारहरुलाई बढी इथिकल बनाउने र पत्रकारहरुलाई बढी जिम्मेवार बनाउने नै हुनुपर्छ । त्यही अनुसार हामी लाग्नै पर्छ । संसारको पत्रकारिता जसरी अगाडी बढेको छ । जर्मनी, अमेरिका, भारत र युरोप जसरी अगाडी बढेको छ, हाम्रो पत्रकारिता त्यो भन्दा फरक तरिकाले अघि नबढ्न पनि सक्छ । त्यहाँ भएका विकृतिहरु यहाँ पनि देखिन सक्छन् । तिनीहरुलाई निराकरण गर्दै अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

पत्रकारिता र सूचनाको हहको भेद नबुझीकन पनि हामी लागिरहेका हुन सक्छौँ । त्यो नबुझेर अगाडी बढेका मान्छेहरुलाई बुझाउनुपर्छ । किनभने नेपालमा सबै भन्दा पहिला राइट टु इन्फर्मेसनको एक्ट हुनुपर्छ भनेर विधेयक ल्याउन पत्रकारहरु नै अग्रसर भए । त्यसको सबैभन्दा पहिला डाफ्ट अगाडि बढाउने समूहमध्ये म पनि एउटा थिएँ । त्यतिखेर नेपाल प्रेस इस्न्टिच्युटले सुरुवात गरेको थियो । हाम्रो एउटा कमिटी थियो । सिनिएर जर्नलिस्टहरु, सिनिएर एड्भोकेटहरु र लिडरहरु बसेर विधेयक बनाउँदा के भनेको थियो भने यो राइट टु इन्फरमेशन एक्ट आयो भने त सूचना पाउन सात दिन पो पर्खिनुपर्ने रहेछ । चाहिँदैन यस्तो सूचनाको हक भनेर लेख्नुदिनुभयो । पछि हामीले कन्भिन्स गयौं । पछि हामीले त्यो बिल बनाएर फेरी पत्रकार महासंघलाई दियौँ । पत्रकार महासंघले फेरि राइट टु इन्फरमेशन बिल बनाउन लड्यौँ । लड्दा लड्दा बल्ल यो राइट टु इन्फरकेशनको बिल आयो । वास्तवमा यो पत्रकारको लागि नभएर सबै जनताका लागि हो । जनतको काम गर्ने पत्रकारहरुले भएका हुनाले त्यो जनताको सूचना लुकाउनु पनि अपराध हो ंभनेर हामीले अडान लियौँ । जनताको लागि हो पत्रकारहरु । त्यसैले सूचनाको हकको बारेमा नजानीकन डिल गरेको छ भने हामीले बुझाउने हो । यहाँ पत्रकारितामा ट्रस्ट नै छैन भन्ने कुरा पनि आयो । पत्रकारिता भनेको ट्रस्टमा बाँचेको हुनुपर्छ । ट्रस्टवर्थी भएन भने पत्रकारिता हुँदैन । पत्रकारहरुले सँभैभरी वकालत गर्ने पनि ट्रस्टको लागि हो । ट्रस्ट बनाउनै पर्छ र आज गल्ती गरियो भने भोलि करेक्सन गर्नैपर्छ । जहिले पनि नचाहिने कुराको खण्डन गर्नुपर्छ ।

आजको छलफलमा प्रकाश सिलवालले प्रेस स्वतन्त्रताको कुरा उठाउनुभयो । वास्तवमा हामीले स्वतन्त्रताको लागि वकालत गर्दै आएका छौँ । अम्बिका दाहालले पनि निडरताको कुरा गर्नुुभयो । एड्मन बर्कले बेलायतमा राष्ट्रका तीनवटा अंगले जति काम गरिरहेका छन्, त्यो भन्दा बढी पत्रकारले पनि गरिरहेको हुनाले पत्रकारहरु चौथो अंग हुन् भन्ने मान्यता अघि सारे । ती तीन अंग भन्दा पत्रकारिताले कम काम गरेका छैनन् भनेर उहाँले त्यहाँको सदनमा भाषण गर्दिनुभयो । त्यसकारण हामी अहिले सम्मानित पत्रकारहरु चौथो अंग हुन् भनेर भनिरहेका छौं । यसको अर्थ अरु अंगलाई तिमीहरु भन्दा कम छैनौं भनेर भन्न खोजेको होइन । नवीनकुमार बोगटीको पनि कुरा आयो । वास्तवमा कस्तालाई पत्रकार मान्ने त ? टुइटरमा पत्रकार जस्तै गरी आउन थाले । टिकटकमा पत्रकार जस्तै गरी आउन थाले । त्यसलाई स्पष्ट गर्दै गयो भने हाम्रो पत्रकारिता दुविधामा पर्दैन भन्न खोज्नुभएको छ ।

यहाँ माधवप्रसाद तिवरीले भन्नुभयो—पत्रकारिता भनेको सरकार पक्षलाई खबरदारी गर्ने पेशा हो । उहाँले हामी नै भएको साझा संगठनलाई अलि झक्झकाउनका लागि खबरदारी गर्ने हामी छौं भन्नुभयो । मलाई लाग्छ, महासंघले यसलाई पनि खबरदारीको रुपमा लिनेछ ।

विगतमा पत्रकारितामा लगानी मुद्रण प्रेसमा थियो । अहिले एचआर, भीएचआर, एचडी भन्ने खालका प्रविधिमा लगानी आउन थाल्यो । त्यसमा हामीले स्टडी गर्नुपर्छ । सफ्टवेयरहरु कसरी बनाउने, हार्डवेयरहरु कसरी बनाउने ? त्यसभित्र राख्ने कन्टेन्टहरु डिजाइन कसरी गर्ने ? सोसाइटीमा कसरी पुर्याउने ? यी गम्भीर सवालहरु हुन् । वास्तवमा मिडिया सोसाइटीको मिरर हो भनिन्छ । हामी जस्तो छ, सोसाइटी त्यस्तै छ भनिन्छ । तर कहिलेकाहीँ सोसाइटीलाई पनि डो¥याउनुपर्छ मिडियाले । किनभने मिडियाले, न्यज पेपरहरुले एजुकेशन, इन्टरटेनमेन्ट र इन्फरमेशन दिन्छ ।

मिडियाले अलिकति प्रोमोशनको पनि काम गर्ने हुनाले अहिले डिजिटल युग र जुन टेक्नोलोजीको युगका रुपमा मिडिया अगाडि बढिरहेको छ, त्यसबाट कसरी अगाडी लैजाने भनेर सोच्नुपर्छ । टेक्नोलोजीको डिभाइसहरु, डिजिटल डिभाइसहरु अत्यधिक रुपमा अगाडी बढ्न थालेको कोभिडपछिको चरणमा फरक स्थितिमा हामी छौँ । यो हाम्रो लागि च्यालेन्जको कुरा छ, त्यसको स्टडी गनुपर्ने हुन्छ, हामीले त्यसलाई इन्कर्पोरेट गनुपर्छ । स्वीकार गर्नुपर्छ । अनि हामी मार्फत समाजलाई नाफा दिलाउनुपर्छ भन्ने कुराहरु हामीले सोच्ने बेला आइसकेको छ । र आजको पत्रकारितालाई हिजोको आँखामा हेर्दा पत्रकारितामा अलि राजनिति बढी थियो । आजको अवस्थामा आइपुग्दा कतै व्यक्ति केन्द्रित हुन पुगेको जस्तो देखिन्छ ।

अब हामीले हेर्दा विषय केन्द्रित भएर गर्नुपर्छ । विषय केन्द्रित भएर गयो भने मात्र पत्रकारितामा चाहे क्रेडिबिलिटीको कुरा गर्नुस्, चाहे प्रोफेसनलको कुराहरु गर्नुस्, चाहे ब्यालेन्सको कुरा गर्नुस् त्यो लाइनमा हुन सक्छ । अहिलेको स्थिति हेर्दा दुई चार वटा कुराहरु हामीले सोच्नुपर्छ । किनभने डिजिटलको जमाना आइसक्यो मिडियम इज द म्यासेज भन्ने सँधै रहिरहन्छ तर म्यासेजमा पनि हामीले कसरी करियर बनाउने भनेर जानैपर्छ । र अलिकति अघि पनि भनेँ, कुनै बेला जर्नलिज्म पनि पेशा हो र ? भनिन्थो । हामीले अहिले आउँदा जर्नलिज्मलाई पेशा बनायौ. । अहिले जर्नलिज्म नपढे पनि हुने रहेछ भन्ने जमाना छैन । अनलाइनको सम्पादक हुनको लागि जर्नलिज्म जानेको, जर्नलिज्मको यति अनुभव भएको भनेर क्राइट एरिया राखिदिनुभयो भने अहिले हामीले उठाइरहेका जुन प्रश्नहरु छन्, ती प्रश्नहरु आफैं समाधान हुन सक्छन् र यदि पत्रकारले पढेका छैनन् वा कतै तालिम लिन पाएका छैनन् भने प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघसँग अथवा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागजस्ता निकायले एउटा अवसर दिने स्थान बनाउन सक्छ । त्यसअनुसारको नीति र कोर्स डिजाइन गर्न सकिन्छ । त्यसमा हामी लाग्न सक्छौैँ र भोलिको पत्रकारिताले हामीले चाहे जस्तै व्यावसायिक र जनअपेक्षा अनुकूलको हुनेछ । वास्तवमा पत्रकार महासंघले एउटा गार्जेनको रुपमा काम गर्छ । त्यो गार्जेसिप सदैव रहीरहोस् । बोल्ने अवसरका लागि महासंघ र शन्तराम बिडारीजीलाई धन्यवाद ।

(त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा खनालले नेपाल पत्रकार महासंघको पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक विभागले २०७९ चैत १२ गते आयोजना गरेको ‘आजको पत्रकारिता र अबको पत्रकारिता’ विषयक अन्तरक्रियामा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश-प्रधानसम्पादक)

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार २०:५९