२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

पिपुल्स इनर्जीको ६६ लाख कित्ता सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

२१ जेठ, काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) को प्रत्याभूतिका लागि ज्योति क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले जारी गर्न लागेको ६६ लाख कित्ता साधारण शेयरको प्रति कित्ता १०० रुपैयाँका दरले कुल ६६ करोड रुपैयाँ बराबरको आईपीओमा ज्योति क्यापिटलले प्रत्याभूतिकर्ताको भूमिका निर्वाह गर्ने भएको हो। यस सम्बन्धमा ज्योति क्यापिटल लिमिटेड र पिपुल्स इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

ज्योति क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति र शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 1:55 pm