१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौँमा घिमिरे, ललितपुरमा कार्की (सूचीसहित)

१८ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गृहमन्त्री समेत हैसियतामा नेपाल प्रहरीका ३३ अधिकृतको सरूवामा हस्ताक्षर गरेका छन । सम्भवतः प्रहरी अधिकृतको सरूवा सम्बन्धी बालेनको यो पहिलो निर्णय हो ।

सरूवा अनुसार काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीमा दिलिप घिमिरे आएका छन भने ललितपुरको प्रमुखमा तुलबहादुर (टिबी) कार्की सरूवा भएका छन । बालेनले काठमाडौंँका प्रमुख ररमेश थापा र ललितपुर परिसरका प्रमुख होबिन्द्र बोगटीको प्रहरी प्रधान कार्यालयमा सरुवा गरेका छन ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरोमा सुवासचन्द्र बोहरा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालाको सरुवा भएको छ। यस्तै काठमाडौँको प्रमुख हुने चर्चा गरिएको दयानिधि ज्ञवालीको बुटवल तालिम केन्द्रमा सरूवा भएको छ ।

प्रकाशित मिति : June 1, 2026 at 9:19 pm