१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

कान्तिपुर सहकारीकाे ऋण नतिर्ने १०० ऋणीको नाम सार्वजनिक

२१ जेठ, काठमाडौं । समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका १०० जना ऋणीहरूको सूची सार्वजनिक भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वैशाख २३ गतेकाे  निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न आह्वान गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

प्रकाशित मिति : June 4, 2026 at 1:19 pm