२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

–प्रकाशचन्द्र खतिवडा

यादहरु फाटेका छन
गुमेका छन खुशीहरु
व्यर्थै गुज्रिएको छ समय
म भन्न सक्तिनँ
मैले गुमाएका सबै भोगाईहरु ।

अज्ञात लाशहरु
नदीकिनारमा तैरिएका छन
बनाइएको छैन चिता
दागवत्तिदिन कोहीतयार छैन
सर्जमिनमुचुल्का नउठे पछि ।

दिनहरु पट्यारिला छन
हाइ काड्दै बस्छन मान्छेहरु
बादल घुम्टो ओड्छ
छेक्छ सूर्यको प्रकाश
बेमौसमी बतास चल्छ
कलेटी पर्छन ओठहरु ।

अभिशप्तजिन्दगी घिसार्दै
म मेरा सपना
क्रमशः आँखाबाट गुमाउँछु
म पागल जस्तै बर्बराएर
जीवनका अर्थहरु खोतल्न थाल्छु ।

चुरोटको प्रत्येक खिलीसंगै
म मृत्यु पिउँछु
फोक्सोमाविकारयुक्तधुँवाले छोप्छ
किटाणुहरु नाच्छन
म मृत्युको ढोक घच्घच्चाउँदै
जीवनकाअन्तिमदिनहरु गनिरहेको हुन्छु ।

अनिदो रात संग तर्सदै
एउटी अवला नारी
जीवनको भिख मागि रहेकी छे
म सिंह झै गर्जन्छु
अनि लुट्छु अस्तित्व ।

थाहा छैन
म किनयौन पिपासु बनिरहेको छु ?
म युद्धमा तैनाथसिपाहीपनि हैन
युद्धले कु्ररताजन्मायो
कु्ररता संगै व्यभिचार जन्मियो
मैले संहाल्न सकिन मन
लुटें कुमारी सपनाहरु
व्यभिचारको आहालमा डुबेर ।

रगतको भेलमा
लाशहरु बगाएकै हो
मानवता रुँदा पनि,
यदाकदा जन्मन्छ
हिटलरी हर्कत
दुनियाँलज्जित बन्छ,
पृथ्वीमानवबधशालाहो र ?
मान्छेले मान्छेकै शिकार गर्नलाई ।

यादहरुले लत्याइएको
खुशीहरु गुमनामबनाई
पश्चातापले जलिरहेको म
आमाको ममताविर्सिएर
आमाहरुकै चीरहरण गर्दै
अझै शिर ठड्याइ रहेछु
मेरो शिरच्छेदन गर
र खुवाउ मेरो मासु कुकुरलाई अघाउने गरी ।

प्रकाशित मिति : June 4, 2026 at 1:30 pm