२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

बेनी हाइड्रोपावरको आईपीओमा ३० गुणा बढी आवेदन, सेयर पाउन भाग्यमै भर !

२६ भदौ, काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको  प्राथमिक सेयर (आईपीओ) मा मागभन्दा धेरै बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा २३ लाख ६१ हजार १२४ जना आवेदकले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि निष्कासन गरिएकोसेयरकाे तुलनामा ३०.५५ गुणा बढी हो।

कम्पनीले भदौ २२ गतेदेखि खुला गरेको सेयर आवेदनको अन्तिम दिन भदौ २६ गतेसम्म कूल २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको रकम सङ्कलन भएको छ। मागभन्दा निकै बढी आवेदन परेकाले कम्पनीको सेयर पाउन भाग्यमानै भर पर्नुपर्ने देखिएकाे छ ।

प्रकाशित मिति : September 11, 2026 at 6:21 pm