२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

पञ्चकन्या माई हाइड्रोपावरको ९.९८ मेगावाट अपर माई आयोजनाको उत्पादन बन्द

२६ भदाै, काठमाडाैं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। कम्पनीले एक सूचना जारी गर्दै आयोजनाको टनेल आउटलेट क्षेत्रमा अत्यधिक वर्षाका कारण एक्सपान्सन जोइन्टबाट ठूलो मात्रामा पानी चुहावट भएपछि मर्मतका लागि उत्पादन रोकिएको जनाएको छ।

कम्पनीका अनुसार २०८३ भदौ २१ गते साँझ ६ः१० बजेदेखि आयोजनाको उत्पादन बन्द गरिएको हो। एक्सपान्सन जोइन्ट मर्मत गर्न टनेल पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले उत्पादन रोक्नुपरेको कम्पनीले जनाएकाे छ । कम्पनीले आवश्यक मर्मतसम्भारको काम यथाशीघ्र सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याउने जनाएको छ।

प्रकाशित मिति : September 11, 2026 at 6:02 pm