२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

माग सम्बोधन भएपछि मात्रै घर फर्किन मिटरब्याजी पीडितलाई नेता खनालको सुझाव

१४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिटरब्याज पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार बानेश्वर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिटरब्याजीको समस्या समाधान गर्न ध्यानकर्षण गराउने वचन दिए ।

उनले भने, ‘म प्रधानमन्त्रीलाई पनि भन्न चाहान्छु तपार्ईहरुको कुरा अविलम्व सुनियोस र तपाईहरुका जायज मागहरु सुनियोस् । तपाईंहरुले चलाएको आन्दोलनको अहिले नै रोक्नुहोस म भन्दीन तर तपाईको कुराहरु सरकारले अब सुन्छौं र सम्बोधन गर्छौ भने पछि मात्र तपाईहरु घर जानुहोला ।’

उनले राजनीतिक परिर्वतन आम नागरिकका लागि भएको भन्दै सरकारले पीडितको समस्या समाधान गर्नैै पर्ने बताए । उनले भने ‘तपाईहरुको समस्या समाधान गर्नैपर्छ।यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ, र तपाईहरुलाई न्याय दिनुपर्छ । ’

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १६:५९