१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एक कम्पनीको नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईंकाे आयाे त ?

१४ चैत, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको खातामा लाभांश रकम जम्मा गर्न सुरु गरेको छ । कम्पनीकाे चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश (करसहित)वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारणसभाबाट पारित सोही नगद लाभांश सम्बन्धित सेयरधनीहको खातामा जम्मा गरिएको कम्पनीले जनाएकाे छ । बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित सेयरधनीहको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएकाे छ । फागुन २३ गतेसम्म आफ्नो शेयर धितो राखेर कर्जा सुविधा उपभोग गरेका सदस्यहको हकमा सम्बन्धित संस्थाबाट धितो राखेको शेयरको संख्या समेत खुल्ने गरी नगद लाभांश तथा बोनस शेयर प्रदान गर्नका लागि नो अब्जेक्सन लेटर र सो मितिपछि कर्जा भुक्तानी गरेका सदस्यहले फुकुवा पत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने जनाएको छ ।

प्रकाशित मिति : March 28, 2023 at 11:38 am