८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

छुट्ला है ! एक कम्पनीकाे २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ चैत, काठमाडाैं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन रहेको छ।वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे १४ औँ वार्षिक साधारणसभा चैत २८ गते काभ्रेको धुलिखेलस्थित होटेल जुगलमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले  गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : March 28, 2023 at 9:25 am