२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सिद्धार्थ बैंकको १ लाख १४ हजार कित्ता सेयर बिक्रिमा, क-कसले किन्न पाउछन् ?

१४ चैत, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक सेयरहरू आज चैत १४ गतेबाट बिक्रीमा ल्याएकाे छ। संस्थापक सेयरधनी विनोदकुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता गरी कूल १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएकाे छ । बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको केन्द्रिय कार्यलय हात्तिसार काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

ताेकिएकाे समय अवधिभित्र संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक सेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : March 28, 2023 at 9:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/