२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त

१३ चैत, काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन्। सानिमा र रिलायन्स मर्ज भएर एकीकृत कारोबार गरेपछि नयाँ सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो। उनले सोमबारबाटै कार्यभार सम्हालेका छन्।

पाण्डे केही समयअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी थिए। उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए। पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० वर्षे अनुभव छ।

प्रकाशित मिति : March 27, 2023 at 4:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/