५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

हरियाली छाएको बजारमा साेमबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

१३ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको घटिरहेकाे बजार साेमबार भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७० अकंले बढेर १९०६ बिन्दुमा बन्द भएको छ । आज ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।

साेमबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको ४ करोड ७० लाख, नबिल बैंकको ४ करोड ४ लाख, एनआइसी एशिया बैंकको ३ करोड ९५ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १५:१३