दुई म्युचुअल फन्डलाई इकाई बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति, कुनको कति इकाइ ?
१३ चैत, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई वटा म्युचुअल फन्ड योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको हो। यी दुवै बन्दमुखी योजना हुन्।
धितोपत्र बोर्डकाे अनुमतिसँगै सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
यसैगरी आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–२ले १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १५:०६












