नेप्सेमा थप दुई कम्पनीकाे बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
१२ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीकाे बाेनस सेयर सू्चिकृत भएकाे छ । नेप्सेमा आज शिखर इन्स्योरेन्स र नेपाल एसबिआइ बैंकको बोनस सेयर सूचिकृत भएको हाे ।
१) शिखर इन्स्योरेन्स
नेप्सेमा शिखर इन्स्योरेन्सकाे १६ प्रतिशत बोनस बापतको ३६ लाख ८८ हजार ६६० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
२) नेपाल एसबिआइ बैंक
नेप्सेमा नेपाल एसबिआइ बैंककाे ३ प्रतिशत बोनस बापतको २९ लाख ४७ हजार ७५५.९३ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १६:५२












