२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनकाे कति ?

१२ चैत, काठमाडाैं । विभिन्न दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज चैत १२ गते आइतबार अन्तिम दिन रहेकाे छ । एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ  भोलि चैत १३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । यसकाे अर्थ आजसम्म कायम सेयरधनीहरुले यी कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

१) सिक्लेस हाइड्रोपावर कम्पनी

सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा अठारौँ वार्षिक साधारण सभा बोलाएको छ।

२) एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सकाे १७ औँ वार्षिक साधारणसभा चैत २० गते काठमाडाैंकाे बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : March 26, 2023 at 10:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/